२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।
फिर्ता बोलाइएका मन्त्रीहरुमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी रहेछन् ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको
छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।