बालुवाटारमा के–के निर्णय भए हामीलाई थाहा छैन

युवराज ज्ञवाली

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आफु निकट समूह बसेर नेकपा एमाले को नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको खारेज गर्दै पार्टीको दशौं महाधिवेशन को मिति तोक्नुका साथै आफू निकट नेताहरुलाई सातै प्रदेशको ईन्चार्ज तोक्नुका साथै पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय सदस्य तथा ईन्चार्ज बनाउनेलगायतका निर्णयको बैठकबारे आफूहरूलाई कुनै जानकारी नै नभएको नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताएका छन् ।

उहाँहरूले के–को बैठक गर्नुभएको हो । हामीलाई जानकारी दिइएको थिएन, के–के निर्णय गर्नुभयो रे भन्ने मिडियाबाट सुनेको छु । साथीहरूसँग सल्लाह नगरी अहिले केही भन्न सक्ने अवस्थामा छैन ।

बालुवाटारको बैठकले कर्णाली प्रदेशका इन्चार्ज रहेका ज्ञवालीको पनि जिम्मेवारी खोसेको छ ।