माधवकुमार नेपालहरुले की एमाले कब्जा गर्ने ? वा विद्रोह गर्ने अवस्था आउन सक्छ

अध्यक्ष प्रचण्ड

२८ फागुन, बुटवल । माओवादी का अध्यक्ष ‘प्रचण्ड’ले आज बुटवलमा बोल्दै माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरे ।

संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा छन् ।

तर माधव नेपालहरु अहिले पनि कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्छ भन्नेमा रहेका प्रचण्डले बताए । आज बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिए । यसमा केन्द्रमा पिन्च पर्न सक्ने भन्दै उनले भने, ‘फेरि एकतातिर लैजानुपर्छ भन्ने भएकाले पूर्व एमालेका जिम्मेवार कमरेडहरु फर्किएर एमालेमा जान्नौं भन्नुभयो भने हेडक्वाटरसँग सल्लाह गरेर मात्र टुंग्याउनुहोला ।

अध्यक्ष प्रचण्डले एमाले यही स्थितिमा रहन नसक्ने दाबी पनि गरे । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’
माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उनले बताए ।

यद्यपि अहिले आफूहरुको जोड पार्टीलाई संगठित गर्ने र आफ्नै खुट्टामा उभिने भनेको बताए । त्यसका लागि अब आफू पनि काठमाडौंमा कम बस्ने, जिल्ला–जिल्लामा जाने सुनाए । अध्यक्ष प्रचण्डले कार्यक्रममा बोल्दै , ‘दुई–तीन वर्ष दुःख गर्ने हो भने एक नम्बर पार्टी बनाउन सकिन्छ ।