Breaking News

नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्न छलफल अगाडि बढायो

२८ फागुन, काठमाडौं । सर्वोच्वको फैसलाबाट ब्युतिएको नेकपा माओवादी केन्द्रले नाम फेर्न छलफल अगाडि बढाएको छ ।

पार्टी स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी अथवा नेपाल कम्युनिष्ट पार्टीसँग अर्को एउटा शब्द जोडेर पार्टीको नाम फेर्ने विषयमा छलफल भएको ती सदस्यले बताए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नाम फेर्ने बारे अनौपचारिक छलफलको विषय मात्र बनेको बताए ।

औपचारिक छलफल हैन, अनौपचारिक छलफल भएको हो’, प्रवक्ता श्रेष्ठले भने, ’अध्यक्ष प्रचण्डले पनि यो विषयमा उपयुक्त समयमा निर्णय लिने कुरा गर्नु भएको छ ।

नेकपा एकीकरण खारेज गरेर निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताँइदिएपछि पेरिसडाँडास्थित माओवादी कार्यालयमा रहेको बोर्ड हटाउने विषयमा छलफल हुदाँ नामको विषय उठेको थियो ।