ठग्नेबाहेक केही काम गरेनन् केपी ओलीले

२६ फागुन, काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको बताएका छन् । उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौंला । आफूहरुले राखेको माग जसले पूरा गर्छ त्यसपछि सहानुभूति हुने उनले बताए ।

निलम्वित सांसद रेशम चौधरीको मुद्दा फिर्ता, मधेस आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा हुनुपर्ने उनको भनाइ छ ।

नेकपा एमालेसँगको सत्ता साझेदारीबारे पत्रकाहरुले राखेको प्रश्नमा महतोले भने, ‘ठग्नेबाहेक केही काम गरे केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ?

महत्तोले भने, केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै ? यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ?’

सरकारलाई समर्थनमात्रै गर्ने कि नेतृत्वमा दाबी पनि गर्ने भन्ने जिज्ञासामा महतोले भने, ‘सरकारको नेतृत्वको दाबी गर्ने त क्षमतै भएको छैन । त्यो क्षमता जनताले दिएपछि दाबी पनि गरौंला ।’