२६ फागुन, काठमाण्डौ । आज बसेको प्रतिनिसिभा बैठक पछि फर्कने क्रमा पत्रकारहरुसँग नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताएका छन् । त्यो नयाँ खेल विस्तारै देखिँदै जाने उनको भनाइ छ ।
‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो ।
उनले संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त गरे ।
संसद पुनस्थापनालाई ऐतिहासिक परिघटना भन्दै उनले आफूहरु विधिमा फर्किएको बताए ।