Breaking News

संसद बैठक सुरु नहुंदै प्रधानमन्त्री बाहिरिए

२६ फागुन, काठमाण्डौ । आज प्रतिनिधिसभा बैठक सुरु नहुंदै प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !

यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।