Breaking News

आजको प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने

२४ फागुन, काठमाण्डौ । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने बताएका छन् ।

सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे पनि फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठक माधव नेपाल पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।

आजको बैठकमा भने नेपाल पक्षका सांसदहरूले अब एमाले संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको निर्देशन पालना गर्ने जनाएका छन् ।

संसदीय दलका नेता केपी ओलीको निर्देशन हामी पालना गर्छौं’, पोखरेलले भने, अब हामी नेकपा एमाले भयौं । विधिवत् दलको नेता केपी केपी ओली हुनुहुन्छ । उहाँबाट निर्देशन आउँछ, त्यहीअनुसार हामी एमालेका सबै सांसद अघि बढ्नु पर्ने हाम्रो कानुनी र सम्पूर्ण हिसाबको दायित्व हो ।

सांसद, कृष्णभक्त पोखरेल