सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीले पाँच सदस्यीय कार्यदल गठन गर्ने

२५ फागुन, काठमाण्डौ । सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीले पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको
छ ।

समाजवादी पार्टीको आज मंगलबार बसेको संसदीय दलको बैठकले एमाले, कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो ।

कार्यदलमा रहनेहरूको नाम भोलि बुधबार सार्वजनिक गरिने जसपाले बताएको छ ।

कार्यदलले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता अनि लाल आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल बताइएको छ ।

बैठकमा जसपा अध्यक्ष महन्त ठाकुरले सरकारसँग रेशम चौधरीको रिहाइका विषयमा मात्रै कुराकानी भएको जानकारी गराएका थिए ।