आफ्नै नेतृत्वमा सरकार बानाउने रणनीतिमा कांग्रेस

२५ फागुन, काठमाण्डौ । पछिल्लो चरणमा राजनीतिक परिघटना सँगै केपी ओली सरकारको आयु प्रतिपक्ष नेपाली कांग्रेसको कोटमा सरेको छ । केही दिन अघि सर्वोच्वले ओली प्रचण्ड नेतृत्वको नेकपा पार्टी खारेज गरिदिएपछि पूर्ववत नेकपा एमाले र नेकपा मोओवादी केन्द्रमा फर्किने आदेश सँगै संकटमा परेका ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिमा कांग्रस अगाढी बढेको संकेत गरेको छ ।

यसअघि प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजान साथ खोज्दा देउवाले नेकपा फुटेकै छैन भन्ने अडान राखेका थिए ।

देउवाले आफ्नै नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादीलाई विश्वासमा लिएर नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् ।

दुई तिहाइ नजिकको सरकार चलाउन पाए पनि ओलीले राम्रा काम गरेनन् । जनमतको कदर गर्न सकेनन् । असंवैधानिक काम गर्दै गए । संविधान कुल्चिए, असंवैधानिक तरिकाले अध्यादेशहरू ल्याए । अब कांग्रेस संसदमा रहेका दलसँग परामर्श गरेर प्रधानमन्त्रीबाट ओलीलाई बिदाइ गर्ने बाटोमा जान्छ ।
ती नेताका अनुसार अब कांग्रेसले संसदमा रहेका दलसँग कति सांसद छन् भन्ने अंकगणित हेर्छ । त्यसपछि ठोस निर्णय गरेर जाने पक्षमा कांग्रेस छ ।

‘माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग उहाँले अब परामर्श थाल्ने बुझिएको छ । पार्टीभित्र पनि छलफल गरेर एकढिक्का भएर कांग्रेसले अब सरकारको नेतृत्व गर्नेछ ।

संसदमा कांग्रेसका ६३ सांसद छन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको संसदको तेस्रो दल माओवादी केन्द्रका ५३ सांसद छन् ।
यस्तै समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टीमा ३४ सांसद छन् । यीमध्ये पप्पु यादव र रेशम चौधरी निलम्बनमा छन् । अब जसपासँग ३२ सांसद छन् ।

कांग्रेसको ६१, माओवादी केन्द्रको तत्काल देखिएका ४८ र जसपाका ३२ जना सांसद गठबन्धनमा आए भने १४१ सांसद संख्या पुग्छ । यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ । बहुमतको सरकार बनाउन संसदमा १३८ जना सांसद
चाहिन्छ ।

देउवा लागि आफू प्रधानमन्त्री हुने यो उपर्युक्त समय हो । भदौमा कांग्रेसको १४ औं महाधिवेशन छ । महाधिवेशन अगाडि नै प्रधानमन्त्री हुन सके उनले आफ्नो प्रभाव महाधिवेशनसम्म कायम राख्न सक्छन् ।