प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक ११ बजे बस्दै छ

२४ फागुन, काठमाण्डौ । हिजो आइतबार सर्वोच्च अदालतले नेकपा नामको रिटमा फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा रहेको नेकपामा फैसला गरेपछि तीन वर्ष एकीकृत भएका पूर्वएमाले र पूर्वमाओवादी केन्द्र बाट बनेको नेकपालाई खारेज गरेससंगै स्वतः दुबै पार्टी व्युँताएको परिस्थितिबारे छलफल गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यो फैसलालाई प्रचण्ड–माधव समूहले निवेदकको माग दाबीभन्दा बाहिर गएर रिट जारी गरिएको भन्दै विरोध जनाएको छ । प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले सर्वोच्चको फैसला न्यायिक नभइ राजनीतिक भएको टिप्पणी गरे । अब कानुनका जानकार र पार्टीभित्र छलफल गरेर कसरी अघि बढ्ने भनेर एउटा टुंगोमा पुग्ने उनले बताए ।