सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो

सांसद, भीम रावल

२३ फागुन, काठमाडौं । आज सुरु भएको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो ।

सांसद भीम रावलले विषेश समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गरे । सर्वोच्चको फैसला कानुनी हो कि राजनीतिक हो भन्ने विचार विमर्ष गर्नुपर्ने उनले बताए । उनले अघि भने, ‘नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?’

प्रतिनिधिसभामा सरकारको तर्फबाट कुनै पनि अध्यादेश आउनुअघि प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने प्रष्ट भन्नुपर्ने सांसद रावलले बताए ।