आज ४ बजे बोलाइएको संसद बैठक ढिला गरी भरखर सुरु भएको छ ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक सुरु भएको छ । आइतबारको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेको सूचना र मन्त्रिपरिषद गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
त्यस्तै सरकारले संसद नभएका बेला ल्याएका विभिन्न ७ वटा अध्यदेश पनि संसदमा पेश हुँदैछ ।
आइतबार प्रतिनिधिसभाका वर्तमान र पूर्व सदस्य गरी १४ जनाको शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ ।