Breaking News

निर्वाचन आयोगलले दुई पक्षका लागि दुईटा टेबल राखेर कसको पक्षमा कति जना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरे भइहाल्यो

२२ फागुन, काठमाडौं । पार्टी निकट प्राध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा विवाद समाधान गर्न सक्रियता देखाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

अध्यक्ष यादवले नेकपाको विवादलाई निर्वाचन आयोगले धेरै दिन अल्झाएर राख्न नहुने धारणा राखे । दुई पक्षका लागि दुईटा टेबल राखेर कसको पक्षमा कति जना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने उनले सुझाव दिए ।

उनले निर्वाचन आयोगलाई पनि निष्पक्ष भएर काम गर्न सुझाव दिए । उनले भने, निर्वाचन आयोग पनि निष्पक्ष हुनुपर्छ, निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन । उनले आयोगले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने कुरामा जोड दिए । प्रधानमन्त्री केपी शर्मा अ७शधव;ोलीको प्रतिगमन विरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए ।

अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै उनले आन्दोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि समझदारी बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले भने,‘तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन ।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए ।

उनले भने, ‘ओलीको बहिर्गमन भएन भने यो देशमा यस्ता काण्ड कति हुन्छ कति, त्यसैले सिस्टमलाई अगाडि बढाउन सकिँदैन ।’ देशको निकासको लागि आफूहरुको सकारात्मक भूमिका रहने उनले बताए ।

जसपा अध्यक्ष, उपेन्द्र यादव