म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ

कांग्रेस सभापति, शेरबहादुर देउवा

२२ फागुन, काठमाडौं । नेकपा बिभाजनको संघारमा संगै नेकपा कै सरकार संकटमा परेको बेला अहिले नेकपाकै ओली सरकारलाई जोगाउने तथा नेकपा कै अर्को पक्ष प्रचण्डमाधव समूहलाई समर्थन दिएर सरकारमा जाने वा आफै सरकारको नेतृत्व गरेर सरकार बनाउने कोट अहिले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कांधमा आइपुगेको छ । आज प्रमुख राजनीतिक गांठोको सांचो नै देउवाको हातमा आईपुगेको छ ।

तर सभापति देउवाले कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ । प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।कांग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् ।