१८ फागनु, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहको आज बसेको केन्द्रीय कमिटीको बैठक ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ ।
नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।
त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।
उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड–माधव समूहको भनाइ छ ।