नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पर्सि १९ गते बुधबार बस्ने

१७ फागुन, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पर्सि बुधबार बस्ने भएको छ ।

फागुन १९ गते पार्टी कार्यालय पेरिसडांडामा बैठक बस्न लागेको हो ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार फागुन १९ गते दिउंसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभा पुनस्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय उक्त समूहको छ ।

आज बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको उक्त समूहका सचिवालय सदस्यहरूको बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनथापना गरिदिएपछि सरकारले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।