१६ फागुन, काठमाण्डौ । सांसदहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ ।
संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।