अविश्वास प्रस्ताव ल्याएर हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आउंछु

प्रधानमन्त्री, केपी शर्मा ओली

१६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृहजिल्ला झापा गएका छन् । झापामा एक पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् ।

आज आयोजित कार्यक्रममा बोल्ने क्रममा ओलीले आफूलाई हटाउन प्रचण्ड–नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन् ।

केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने, ‘अविश्वास प्रस्ताव राख्नुस् । पास गर्नुस् । पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्केर आएको हो । अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ ।