प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जादै

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जादैछन् ।

आफ्नै गृहजिल्ला झापा जान लागेका ओली आज आइतबार झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ ।

प्रधानमन्त्री ओली बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन् ।