चैत्र २०,ललितपुर । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेको बेला उल्लघन गरेको भन्दै इन्डोनेसिन नागरिकलाई फिर्ता पठाइएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाले धार्मिकसभामा भाग लिन आएका १३ जना इन्डोनेसियाली नागरिकलाई फिर्ता पठाइदिएको छ । आज बिहीबार सप्तरी जिल्लामा हुने धार्मिकसभामा भाग लिन आएका उनीहरुलाई सकुशल फिर्ता पठाइएको नगरपालिकाले जानकारी दिएको छ ।
मुलुक लकडाउनमा भएको बेला उनीहरु काठमाडौंको बालजु हुँदै महालक्ष्मी नगर क्षेत्रमा ल्याइएको र ल्याउने व्यक्ति वा निकायहरुको छानविन गरी कारबाही गर्न नगरपालिकाले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।