सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध

एजेन्सी

सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।

सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो।

‘फेब्रुअरी १ मा भएको कू र  त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई  फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ।’

यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो।

म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने अमेरिकाले कूमा संलग्न सैनिक जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ।