१२ फागुन, काठमाडौं । हिजो साझ सर्वोच्व अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम संसद बिघठनको बदर गदै संसद पुनस्थापना गरेपछि त्यसको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय आज जुलुस निकालेको छ ।
काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।