प्रचण्ड-माधव र शेरबहादुर देउवाबीच भेट

१२ फागुन, काठमाडौं । हिजो सांझ सर्वोच्व अदालतले प्रधामन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिभिसभा बिघठन गरेपछि सर्वोच्वमा करिब २ महिना लगातार लामो बसह पछि पुनस्थापना गरे पछि त्यसपछि बदलिएको राजनीतिको बारेका छलफल गर्न नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् ।

आज बुधबार दिउसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे चरणको वार्तामा बस्न सहमत भएका छन् ।

भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए ।