प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सर्वोच्च अदालतमा

१० फागुन, काठमाण्डौ । आज सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत गएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउंसो थापा सर्वोच्च गएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालले भने सर्वोच्च अदालत पछाडि नेपाली सेनाले भोगचलन गरिरहेको जग्गाको विषयमा कुराकानी गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको बताए ।

सर्वोच्चको अहिलेको भवन पछाडि नयां भवन बन्दैछ । त्यसका लागि नेपाली सेनाले अहिले भोगचलन गरिरहेको केही जग्गा छोडिदिनुपर्ने भएको उनले बताए ।

तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।