Breaking News

कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक प्रहरीको नियन्त्रणमा

१० फागुन, डडेलधुरा । बलात्कारका घटना दिनप्रतिदिन घटिरहेको बेला फेरि डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गन्यापधुरा गाउँपालिका(४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए।