प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई

९ फागुन, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ ।

पार्टी विभाजन हुंदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ ।

संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज छन् ।

प्रेस संगठनको पदाधिकारी समेत यो समूहले टुंग्याएको छ । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर एकतापछि प्रेस संगठनका सहसंयोजक रहेका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत बनाइएको छ ।

महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन भएका छन् । १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको संयोजक दाहालले बताए ।

केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०–५० प्रतिशतको अनुपातमा बनाइएको छ ।

केन्द्रीय कार्यालयमा पूर्व चौतारीबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्व प्रेस सेन्टरबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् ।