फिल्मी प्राविधिकहरु ऋार्थिक संकटमा

कदर समाचार
२० चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण अहिले सम्पूर्ण फिल्मी गतिविधि रोकिएको छ । यस्तो अवस्थामा फिल्मको काममा दैनिक ज्यालामजदुरी गरेर आफ्नो छाक टार्दै आएका प्राविधिकहरुमा आर्थिक संकट उत्पन्न भएको छ ।
प्राविधिकहरुलाई आर्थिक संकट परेपछि उनीहरुको हकहितका लागि गठिन संस्था चलचित्र प्राविधिक संघले सहयोग जुटाउन थालेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले समस्यामा रहेका प्राविधिकहरुका लागि राहत पुर्याउने काम भइरहेको बताए ।
‘प्राविधिकको अवस्था के कस्तो छ । मैले सबै बुझिरहेको छु । र आवश्यकलाई राहत पनि पुर्याइएको छ’ अध्यक्ष लामाले भने ‘अहिलेलाई त्यस्तो धेरै समस्या छैन । लकडाउन खुलेपछि भने समस्या देखिने छ ।’ प्राविधिकहरुले आफुसँग भएको पैसा लकडाउनको समयमा सकाउने र लकडाउन पछि पनि तुरुन्तै फिल्मको काम सुरु नहुने भएकोले त्यस्तो अवस्थामा उनीहरु संकटमा पर्नसक्ने अनुमान गरेका लामाले सो अवस्थाका लागि आफु अहिलेदेखि सचेत भएर राहत संकलनमा लागेको जानकारी दिए ।
लामाले सरकारले प्राबिधिकको परिश्रमिकमा समेत लगाएको १५ प्रतिसत ट्याक्स सधैका लागि हटाउनु पर्ने माग समेत
गरे । उनले भने ‘प्रबिधिकले दैनिक ज्यालामा काम गरिरहेका छन् । त्यसमा पनि ट्याक्स लगाउदा उनीहरुको चुलो कसरी बल्छ ।