पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जांदै

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् ।

डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयांदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउंदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

दिल्लीस्थित ‘इन्स्िटच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने पाण्डेले बताए ।

भट्टराईसंगै उनकी पत्नी हिसिला यमी र पाण्डे रहनेछन् ।