Breaking News

बिराटनगरबाट ओलीको धम्की : कुनै प्रकारको षड्यन्त्र, सेटिङ को फैसला हुन्छ भने हाम्रो आन्दोलन अगाडि बढ्छ

८ फागुन, विराटनगर । सत्तारुढ नेकपा ओली समूहको प्रदेश १ को प्रदेश कमिटीले आयोजना गरेको सभामा आज बिराटनगरमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड(माधव समूहले प्रयोग गरेको शब्दको हो( सेटिङ । ओली समूहका नेताहरुले देशभर नै ‘हाम्रो सबैतिर सेटिङ भइसकेको छ, संसद विघटन सदर हुन्छ, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’ भन्दै हिँडेको भन्दै प्रचण्ड(माधव समूहका शीर्षनेताहरुले खबरदारी गर्दै आएका छन् ।

तर, शनिबार बिराटनगरमा ठीक उल्टो सुनियो । चुनाव हुन्छ(हुन्छ भन्ने दाबी गरेका प्रधानमन्त्री ओलीले ‘सेटिङ’मा संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी दिए । ओलीले भने, यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए सांसद किनबेच तथा सरकार बनाउने(ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने दाबी गरेका छन् । देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला ।’

ओलीले अगाडि भने, ‘संविधानको मम र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

प्रधानमन्त्री ओलीले आफूले सिङजुरो हाल्दिएपछि प्रचण्ड अहङ्कारी बनेको टिप्पणी गरेका छन् । । ‘२(४ सिटमा सिमत हुने प्रचण्डलाई एउटा जुरो हालिदिएको थिए । फेरि सिङ हालिदिएको थिए’ उनले भने, ‘लामा सिङ भएपछि उहांँमा अहंकार चढ्यो । अब उहांको नियति असफलता बाहेक केही हुन सक्दैन ।

‘प्रचण्डजीको त मलाई माया लाग्छ, पहिले उहांसंग बैद्य हुनुहुन्थ्यो,’ उनले अघि भने ‘बैद्यले छाड्नुभयो । त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले पनि छाड्नुभयो । अहिले त झांक्री लिनु भा’को छ, झांक्रीले अब बचाउन सक्दैन ।’ उनले झांक्री भनेर प्रचण्ड(माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झांक्रीलाई कटाक्ष गरेका हुन् ।

सभासभालाई गृहमन्त्री रामबहादुर थापा बादलले अस्थिरता सृजना गर्न खोजिएपछि प्रतिनिधिसभा भङ्ग गरेर ताजा जनादेशमा जाने निर्णय भएको बताए । ताजा जनादेशमा जाने निर्णय अग्रगामी भएको बताउंदै उनले अवसरवादीहरुले अस्थिरता सिर्जना गर्न खोजेको बताएका थिए ।