खुकुरी प्रहार गरी श्रीमतीको हत्या

८ फागुन, काठमाण्डौ । दोलखाको कालिञ्चोक गाउंपालिका(६ मा श्रीमतीको हत्या गरेको अभियोगमा २७ वर्षीया हिमाल थामी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, दोलखाकाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार हिजो शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।

प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक(७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको रिजालले बताए ।

श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।