७ फागुन, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडांडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
बैठक अहिले केही बेर अघि शुरु भएको छ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो ।
संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन । बरु, मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।
पार्टी विभाजन अगाडिको ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा भएकाले नेकपाको वैधानिकता पाउनुपर्ने दावी यो समूहले गर्दै आएको छ ।