संविधान मिच्दैन र मिच्न दिंदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिंदैन

प्रधानमन्त्री, केपी शर्मा ओली

७ फागुन, काठमाण्डौ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका
छन् ।

टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउंदैन, संविधान मिच्दैन र मिच्न दिंदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनले भने, ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं भनेका थिए ।