लकडाउनपछिको दृश्य कस्तो एक रोचक

कदर समाचार
२० चैत्र, एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् । विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ ।
यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा एक जना रुखका पातहरुबाट बनेको कपडा लगाएर बाहिर निस्किएका छन् । उक्त भिडियो ती व्यक्तिका छिमेकीले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भिडियो भाइरल भइरहेको छ ।