प्रधानमन्त्रीको अलालतमा ११ बुंदे लिखित जवाफ : आफू सत्यसंग नलड्ने र शक्तिसंग नझुक्ने सिद्धान्तमा अडिग छु

प्रधानमन्त्री केपी शर्मा ओली

६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिंदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् । आज बिहीबार सर्वोच्च अदालतमा आफैं उपस्थित भएर ११ बुंदे लिखित जवाफ बुझउंदै प्रधानमन्त्री ओलीले आफू सत्यसंग नलड्ने र शक्तिसंग नझुक्ने सिद्धान्तमा अडिग रहेको जनाएका छन् ।

प्रधानमत्रीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन् ।

‘मैले राजनीतिक कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दा सम्माननीय प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरु, तथा अदालतमा न्याय सम्पादनका लागि कार्यरत कर्मचारी तथा कानुन व्यवसायीमाथि कुनै लाल्छना लगाएको छैन’, प्रधानमन्त्रीको लिखित जवाफको ६ नम्बर बुंदामा भनिएको छ ।

त्यस्तै उनले रिट निवेदनकले हुदै नभएको विषय र अप्रसांगिक कानुनी व्यवस्था उल्लेख गरी अदालतलाई भ्रमित गर्नेगरी रिट दिएको स्पस्ट देखिएको बताएका छन् ।