४ फागुन, काठमाण्डौ । सेयर बजारले (मंगलबार) रेकर्ड ब्रेक गर्दै इतिहासकै उच्च विन्दुमा आइपुगेको छ । फागुन ४ गते बजारले २६ सय विन्दु पार गर्दै रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो ।
आज १५.५० अंकले बढेको बजार २६०१.५१ अंकमा आएर अडिएको छ । यस दिन १० अर्ब ३ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारले यतिहास रचेको दिनमा अधिंकाश समूह भने राताम्मे देखिएका छन् । बैंकिङ, विकास बैंक, म्यूचुअल फण्ड र अन्य समुह बाहेकका बाँकी समूहमा गिरावट छ ।
चन्द्रागिरी हिल्सको सकारात्मक सर्किट लाग्ने गरी बजार बढेको छ । सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स नै देखिएको छ ।
यता दोस्रो धेरै कमाउनेमा मिर्मिरे लघुवित्त विकास बैंक रहेको छ । यसको सेयर मूल्य आज प्रतिकित्ता १६०३ रुपैयाँ रहेको छ । तेस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ ।
यस्तै सबैभन्दा बढी सेयर कारोबार हुनेमा नबिल बैंक देखिएको छ । यसको ५२ करोड बराबरको सेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंक दोस्रो बढी कारोबार हुनेमा देखिएको छ भने तेस्रोमा नेपाल बैंक देखिएको छ ।
पछिल्ला दिनमा सेयर बजार प्रति आमलगानीकर्ताको चासो बढ्न थालेसंगै बजारको वृद्धि यात्राले निरन्तरता पाएको हो ।