१४ दिन क्वारेन्टाइनमा बसेर मात्र घर जना पाउने

कदर समाचार
२० चैत, धार्चुला । कोरोना भाइरसको महामारी रोक्नको लागी नेपाल र भारतले लकडाउन सँगै नाका बन्द गरे पछि भारतबाट नेपाल आएका नेपालीहरुलाई हालसम्म पनि नाकामै रोकिएका छन् । भारतबाट नेपाल आएका सबै नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेर मात्र र जान पाउने छन् । नेपालगंज रुपैडिहा र अरु नाकामा क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् । तर नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति भएको थियो ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज बिहीबार बसेको बैठकले पनि तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको छ । ‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं,’ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका छन् ।
सोही बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय समेत गरेको छ ।