झांक्रीलाई पक्राउ गर्न प्रहरी उनकै निवास शंखमुलमा नेकपाका कार्यकर्तालाई नाराबाजी जारी

२९ माघ,काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झांक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो तर झांक्री जान नमाने पछि प्रहरी उनलाई पक्रन उनके निवास शंखमुलमा गएको छ भने नेकपाका कार्यकताहरुले निवास बाहिरै नाराबाजी समेत गरिरहेका छन् । यसै क्रममा नेतृ झांक्रीले घरभित्रै पत्रकार सम्मेलन गरेर आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

झांक्रीले राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसंग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।

तर अहिले झांक्रीलाई पक्रउन लागि ठूलो संख्यामा प्रहरीले उपस्थिति रहेको छ भने त्यतिकै संख्यामा नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको छ र ठेमलठेल र धकेला धकेल भइरहेको छ ।