२८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च लाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चभित्रको भवन, क्रसर उद्योग, सहितका संरचना र निर्माण सामग्री हटाउने योजना बनाएको हो ।
दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसंग छलफल गरिरहेको काठमाडौं महानगरपालिकाले बतँएको छ राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउं अभाव भएपछि महानगरपालिकासंग गरेको आग्रह अनुसार नै ठाउं उपलब्ध गराएको थियो ।
पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, ¥याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक, व्यपार व्यवसाय र ट्राफिक व्यवस्था अस्तव्यस्त बन्ने गरेको छ । त्यसको मार महानगरवासीले खेप्नु परेकाले महानगरपालिकाले छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको हो ।
भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्नुपर्ने पनि भएको छ । भ्यु टावर निर्माणसंगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रुपमा सञ्चालनमा छ । अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने दिनमा बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।