२७ माघ, काठमाडौं । करिब ५ महिनाको आलो अन्तरालपछि सरकारले नेपाल बिद्युत प्राधिकरणको कार्यकायरी निर्देशक नियुक्त गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणकै निमिक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ त्यो पनि बिनाप्रतिस्पर्धा । कात्तिक २७ गते उनी निमित्त कार्यकारी निर्देशकका रूपमा आएका थिए । आज उनै शाक्य प्रधानमन्त्रीको ठाडो प्रस्तावमा कार्यकारी निर्देशक नियुक्त भएका छन् ।
तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले गएको भाद्र २८ गते निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिए पछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘कानुनअनुसार बुझौंला ।’
त्यसबेला कुलमानको पुनः नियुक्ति माग्दै जनस्तरबाट आन्दोलन नै भएपछि कानुन, प्रक्रिया, प्रतिस्पर्धा लगायत कारण देखाएर सरकार पन्छिएको थियो ।
त्यतिबेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई दोहो¥याउन सरकारसंग आग्रह गर्दै ट्विट गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जवाफ दिएका थिए– कुलमान घिसिङको पक्ष–विपक्षमा आ–आफ्ना मत–अभिमत होलान् । ‘नेपाल आमाका सपुत’को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिस्पर्धा गरेर नयां नियुक्तिमा पर्नुपर्छ ? तर आज त्यसो नभएर बिना प्रतिस्पर्धा प्रधानमन्त्रीले शाक्यलाई आफ्नै कोटको खल्तीबाट झिकेर प्राधिकरणको कार्यकारी पदनमा नियुक्त गरेका छन् ।