काठमाडौं, २४ माघ । बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन् ।
पुर्चौंडी नगरपालिका(१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए ।
उनले शनिबार बेलुकी ५ बजेतिर घटना भएको बताए । स्थानीयलाई उद्धृत गर्दै उनले श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको भन्ने सुनिएको छ ।