Breaking News

नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा सम्पन्न सँगै १४ जना पत्रकार पुरस्कृत

काठमाडौं, २४ माघ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा आज काठमाण्डौको कमलादीमा सम्पन्न गरिएको छ । साधारणसभाको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गर्नु भएको थियो । कार्यव्यस्थाताका कारण सुरुबै बोल्नु भएको मन्त्री गुरुङले आफ्नो र सरकारको तर्फबाबाट पत्रकारका हकहितका लागि समस्या समाधानका लागि तत्परता भएको त्यसका लागि पत्रकारले नै घचघच्याउनु पर्ने बताए । उनले अगाडी भने, विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताए । पत्रकारलाई आश्वासनका शब्द बाड्दै उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने दाबी समेत गरे ।

मन्त्री गुरुङले पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागि मात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए । आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउने पनि उद्घोस पनि गरे ।

अबका दिनमा पनि पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानूनीरुपमा नै अन्त्य गरिने प्रस्टाएका थिए । हाल कायम भएको पाँच करोड रहेको पत्रकार कल्याणकारी कोषका लागि अरु पाँच करोड थपेर रु १० करोड बनाएर बहुवर्षीय कार्यक्रमका रुपमा अघि बढाउने समे मन्त्रीले बताएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्रीले पत्रकारका हरेक समस्याका बारेमा आफु जानकार भएको र त्यसका लागि आफ्नो कार्यकालभरी सक्दो समस्या हल गर्ने समेत बताएका थिए ।

साधारण सभामा काठमाडौँ महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई रु १५ लाख सहयोगको चेक मेयर बिध्यासुन्दर शाक्यले शाखा अध्यक्ष शन्तराम बिडारीलाई हस्तान्तरण गर्नु भएको थियो । प्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्दै समाज रुपान्तरण लागि मुख्य भूमिका निर्वाह गर्ने पत्रकारलाई सहयोग गर्न पाउँदा आफू खुशी रहेको र आगामी दिनमा पन सहयोग हुँदै जाने बताए । पत्रकार महासंघ काठमाण्डौ शाखाले जति रकम माग गरेको थियो त्यति नै रकम दिएको बताउंदै तपाईहरुलाई दिएको रकम यो सानो हो, यो भन्दा अझैं ठूलठूला रकम महानरपालिकाले धेरैलाई गरेकाले तपाईहरुले काम माग्नु भएको अलि बढी माग्नु पर्ने आशय बताएका थिए ।

शाखाले २२औं साधारणसभा कै अवसर पारेर विभिन्न क्षेत्रमा कलम चलाएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ । यसरी सम्मान पाउनेमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, निर्मला शर्मा, देवेन्द्र चुँडाल, विश्वराज किरात, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाल वाग्ले, टिवी विरही, गोपाल बुढाथोकी, दामोदरप्रसाद दवाडी र मानध्वज लामा रहेका छन् । उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाले प्रकाशन गरेको पत्रकारिता नामक स्मारिका समेत विमोचना गरेर उपस्थित पत्रकारहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्यि सभा सदस्य रामनारायण बिडारीले पत्रकारहरुले सही र निष्पक्ष समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म निभाउनु पर्ने बताएका थिए । आफू पनि कुनै एक पत्रिकाको अहिले पनि सम्पादक रहेकाले पत्रकारको दुःख कस्तो हुन्छ त्यसको राम्ररी थाहा भएकाले त्यसको कदर गर्दै राष्ट्यिसभामा पनि पत्रकारिता र पत्रकारहरुका हकहित र अधिकारका लागि एक्लै भए पनि बोलिरहेको अवगत गराए । संसद बिडारीले पत्रकाहरुले संसदलाई मात्र नभएर सरकार र अन्य निकायलाई सचेच र सही बाटोमा हिडाउनका लागि पत्रकारहरुको प्रमुख भूमिका भएकाले अहिलेको प्रधानमन्त्रीको असंबैधानिक कदमको बिरुद्ध संविधानको रक्षाका लागि कुनै पक्ष र बिपक्षमा नलागेर सही सत्य समाचार संप्रेषण गर्न आग्रह गरेका थिए ।

साधारणसभा शाखा अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा शाखा सचिव मोहन पन्तले संचालन गरेका थिए ।

कार्यक्रमको दोस्रो सेसन बन्द सस्त्रबाट सचिव मोहन पन्तले शाखाको चार वर्षे कार्यकालभरी शाखाबाट भए गरेका गतिविधि र कोषाध्यक्ष रामचन्द्र बस्नेतले पेस गर्नु भएको आर्थिक प्रतिबेदन बन्दसस्त्रबाट सर्वसहमतिले पारित गरिएको थियो ।

साधारणसभाको बन्द सस्त्रलाई समापन गर्ने क्रममा शाखा अध्यक्ष शन्तराम बिडारीले आफूहरुको कार्यकाल ३ वर्षको भएको र कोभिड कारण एक वर्ष पर सरेर चार वर्ष भएकाले आफ्नो कार्यकालभरी आफू र आफ्नो टिमका साथै समग्र काठमाण्डौ शाखाको तर्फबाट गर्न सकिने जति काम गरेको बताएका थिए ।