Breaking News

जातीय विभेद अन्त्य नभएसम्म समृद्धि असम्भव छ : मुख्यमन्त्री राउत

 

२३ जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछि पारिएका समुदायको उन्नति र विकासका लागि धेरै योजनाहरु ल्याएको भन्दै यसको अनुभूति केही वर्षपछि हुने बताएका छन् ।
सरकारले प्रदेशको समृद्धि र विकासका लागि ती योजनाहरु ल्याएको बताउँदै मुख्यमन्त्री राउतले अहिलेको योजनाको प्रतिफल केही वर्षमा पाउने बताए ।समता फाउण्डेशनले शुक्रबार जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जातीय विभेद अन्त्य नभएसम्म विकास र समृद्धि असम्भव भएको बताए ।
संविधानले सुनिश्चित गरेकै कारण जनप्रतिनिधिमा दलितहरुको सहभागिताको परिकल्पना गर्न सकिएको भन्दै उनले आफूहरु हरेक ऐन कानुनमा दलित, महिला, मुस्लिम लगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य चमेली देवी दास, दलित अगुवा भोला पासवान लगायतले सामाजिक न्यायका बिषयमा बोलेका थिए ।