२३ दाङ । आज दिउसो दाङको घोराही उपमहानगरपालिका ९ बस्ने २८ वसन्त चौधरी बालबिवाह गरेको आरोपमा दाङ प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ९ बस्ने २८ वसन्त चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले केहि दिनअगाडि घोराही १० नारायणपुरकी एक बालिकासँग बाल बिवाह गरेका थिए । बाल बिवाहबारे स्थानीयले उजुरी दिएपछि बेहुला र बेहुलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङ का एसपी गणेश चन्दले जानकारी दिए ।
पक्राउ परेका चौधरीले माघ १० गते नारायणपुरबाट बिहे गरेको र माघ २२ गते माइती पक्षले भित्र्याएको प्रहरीलाई बयान दिएका थिए । उनले बेहुलीलाई अभिभावकको जिम्मा लगाएर छाडिएको र बेहुला प्रहरी हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ । दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालका अनुसारप्रहरीको मुद्दा फाटले केटी पक्षलाई जन्म दर्तासहित उमेर खुल्ने कागज ल्याउन भनिसकेको र उमेर खुल्ने कागज आएर बाल बिवाह गरेको देखिएमा कानुनी प्रकृया अघि बढ्ने बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।