Breaking News

सितल निवासमा नागरिक समाजको मार्चपास

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गएको पुस ५ गते संसद बैठक भंग गरेर असंबैधानिक कदम चालेपछि लगातार आन्दोलित नागरिक समाजले आज बिहान शीतल निवास नागरिक मार्च पास गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो ।

नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् ।

उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्जा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए ।