२१ माघ, काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ ।
पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो ।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ । गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ ।
कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जमिन छ । त्यसैमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति बाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले बताए ।
वृद्धाश्रम भने निर्माण सुरू नै भइसकेको छ । त्यो समाज कल्याण मन्त्रालय अन्तर्गत रहेको छ ।