Breaking News

नेकपा प्रचण्ड–माधव समुह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाँदै

२० माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसधा बिघठन गरेसै नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई धारमा बिभाजन भएपछि नेकपा को भन्ने दुबिधामा छ अहिले । निर्वाचन आयोगले पनि दुई मध्य एकजनालाई आधिकारिता दिन सकेको छैन । नेकपा ओली र नेकपा प्रचण्ड–माधव पक्षले आफू नै आधिकारिता भन्दै देशव्यापी कार्यकर्ता भेला र सभा गरिरहेका छन् । नेकपा प्रचण्ड–माधव समूहको हिजो बसेको केन्द्रीय कमिटी बैठकले असली नेकपा आफूहरु भएको र यसको आधिकारिता आफूलाई दिनुपर्छ भनेर निर्णय गरेअनुसर आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ ।

आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड–माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड–माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका
थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।