प्रदेश सभाका माननीय सभामुख अल्पमतको सरकारको लाचार छाया

नेतृ अष्टलक्ष्मी शाक्य

१९ माघ, हेटौंडा । नेकपा (प्रचण्ड–माधव समूह) ले बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित गरेको भन्दै आपत्ती जनाएको छ । प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी समेत गरिएको छ ।

आज तय भएको बागमती प्रदेश सभाको बैठक स्थगित गरेपछि नेतृ अष्टलक्ष्मी शाक्यले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘२०७७ साल माघ १९ गते बोलाइएको प्रदेशसभाको बैठक मिति २०७७ माघ १८ गते राति ९ः१५ बजेको विद्युतीय सूचनामार्फत् अकस्मात र विनाकारण फागुन ५ गते बस्ने गरी स्थगित गरिएको सूचनाप्रति हाम्रो दलको घोर आपत्ती रहेको छ । यसबाट संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभाको नियमावली समेतको घोर उल्लंघन गर्दै प्रदेश सभाका माननीय सभामुख अल्पमतको सरकारको लाचार छाया बन्न पुगेको स्पष्ट देखिन्छ ।

प्रचण्डमाधव समूहकी दल नेता अष्ठलक्ष्मी शाक्यद्धारा जारी बिज्ञाप्ती यस यस्तो छ :