Breaking News

नेकपा (प्रचण्ड–माधव समूह) को ११ बजेका लागि तोकिएको केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बस्ने

१८ माघ, काठमाण्डौ । नेकपा (प्रचण्ड–माधव समूह) को आज ११ बजेका लागि तोकिएको केन्द्रीय समितिको बैठक सरेको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक आजै दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् । प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।