पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना पुष्टि

१८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३०८ जनाको परीक्षण गर्दा ४१ जना महिला र ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २ हजार ५९४ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८६२ जनाको होम आइसोलेसनमा छन् भने १४३ जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।